ट्रम्पसँग गएका व्यापारीहरूलाई सीले भने, ‘चीन विश्वका लागि ढोका थप फराकिलो पार्नेछ’

70
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले बिहीबार बेइजिङमा भएको अमेरिका–चीन वार्ताका क्रममा अमेरिकी व्यापारिक प्रतिनिधिमण्डललाई चीनले विश्वका लागि आफ्ना ढोकाहरू अझ बढी फराकिलो पार्ने बताएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले भने, ‘बाहिरी विश्वका लागि चीनका ढोकाहरू अझ बढी फराकिलो हुँदै जानेछन् । अमेरिकी कम्पनीहरूले चीनमा अझ उज्ज्वल सम्भावनाहरू पाउनेछन् ।’

एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र टेस्लाका प्रमुख इलोन मस्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगै चीन भ्रमणमा जाने व्यापारिक नेताहरूमध्ये हुन् ।