आज पनि संसदमा बालेन नबोल्ने, कार्यसूचीमा स्वर्णिमको नाम

413
Shares

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह बालेन नबोल्ने भएका छन् ।

संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनले दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले अडान राखिरहेपनि उनले सम्बोधन नगर्ने भएका हुन् ।

बिहीबारको बैठकको कार्यसूचीमै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने उल्लेख छ ।

यसअघि बुधबारको बैठकमा पनि प्रधानमन्त्री बालेन उपस्थित भएका थिएनन् । उनी उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले संसद अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख डिपी अर्यालले बैठक बिहीबारका लागि बोलाएका थिए ।