राष्ट्र बैंकले अर्थलाई बुझायो वित्तीय अवस्थाको प्रतिवेदन, बजेट निर्माणमा सहयोगी हुने

119
Shares

काठमाडौं । बजेट निर्माणमा सहयोगी हुने गरी नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री डा.स्वार्णिम वाग्लेलाई उक्त प्रतिवेदन बुझाएका हुन ।

अर्थ मन्त्रालयका अनुसार गभर्नर पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएका छन् । सोमबार अर्थमन्त्री डा.वाग्ले गभर्नर डा. पौडेलले सो प्रतिवेदन पेश गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।