महासंघको निर्वाचनको मतगणना सुरु

273
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । महासंघको निर्वाचन अन्तर्गत प्रदेशगत कार्यसमिति सदस्यको प्रारम्भिक मत आउन थालेको छ । राति ९ बजेसम्मको अपडेट अनुसार कोशी प्रदेशमा जीवन पराजुलीले १६ मत, रमेश श्रेष्ठले १५ मत, मधेश प्रदेशमा विकास कुमार सारडाले ९ मत र अमरनाथ साहले ७ मत पाएका छन् ।

वागमति प्रदेशतर्फ सविन श्रेष्ठले ११ मत र प्रकाश रानाले १० मत, गण्डकीमा प्रविन्द्र कुमार श्रेष्ठले ९ मत, सुविन श्रेष्ठले ९ मत पाएका छन ।

लुम्बिनी प्रदेशतर्फ यज्ञप्रसाद भट्टराईले २४ मत र बालकृष्ण सुवेदीले २४ मत पाएका छन् ।

कर्णालीमा निर्विरोध नेतृत्व चयन भएको छ ।

सुदुरपश्चिममा पिताम्बर जोशीले १० मत दानबहादुर सुर्मेलीले ७ मत र पदमराज चौलागाईले ७ मत पाएका छन् ।

संस्थापक सदस्यतर्फ सुमन कुमार श्रेष्ठ चितवनले १० मत र गोपाल श्रेषठ सुनसरीले १० मत पाएका छन् ।