
काठमाडौं । होटल बुद्ध स्टारको लागत ९ प्रतिशतले बढेको छ । होटलको लागत २ अर्ब ९ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
सन् २०१८ मा दर्ता भएको कम्पनीले भैरहवाको सिद्धार्थनगरमा पाँचतारे होटलको निर्माण कार्य अगाडि बढाएको छ ।
कम्पनीले उक्त स्थानमा १ सय २० वटा कोठाको सुविधाका साथ होटल सञ्चालन ल्याउने भएको हो । कम्पनीले होटल निर्माणका लागि ऋणःइक्विटी ६०ः४० अनुपात राखेको छ ।
होटलको हालसम्ममा ४६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । कम्पनीले ऋण दायित्वको भुक्तानीमा ३० दिनभन्दा बढी ढिलाइ गरेको देखिएको छ । जुन परियोजना सञ्चालनमा आउनु अघि नै भुक्तानी दायित्व सुरू भएका कारण उत्पन्न तरलता दबाबसँग सम्बन्धित रहेको कम्पनीको भनाइ छ ।
परियोजना स्थिर अवस्थामा नपुग्दासम्म कम्पनीको तरलता तथा ऋण भुक्तानी क्षमता दबाबमा रहेको जनाएको छ ।
रेटिङ अनुसार कम्पनीले आगामी दिनामा आफ्ना ऋण दायित्वहरू समयमै पूरा गर्ने क्षमता नै प्रमुख निगरानीको विषय रहने उल्लेख गरेको छ ।
राजकुमार पोखरेल र उनका परिवारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको हो ।
रेटिङले लिएको कर्जाको रेटिङ घटाएको छ । जसमा रेटिङले एलडी रेटिङ दिएको छ । यसअघि एलबी माइनस थियो ।









प्रतिक्रिया