सुकुमवासी बस्ती भत्काउने क्रममा खानेपानीको पाइप फुटयो

154
Shares

काठमाडौं । थापाथलीको सुकमवासी बस्तीको अनाधिकृत घर टहरा भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ ।

खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।

सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले फुटेको खानेपानी पाइप मर्मतका लागि तीन ठाउँमा बालाजु, माइतीघर र एकान्तकुरामा ‘भल्भ’ बन्द गर्न लागिएको जानकारी दिए ।

‘मर्मतका लागि भल्भहरू बन्द गर्नुपर्छ । हामी बालाजु, माइतीघर र एकान्तकुनामा भल्भहरू बन्द गर्दैछौं,’ उनले अनलाइनखबरसँग भने, ‘डिस्ट्रिव्युसन केही समयका लागि अवरूद्ध हुन्छ ।’

Skip This