
एजेन्सी । इरान युद्धका प्रभावहरूका कारण ३ करोडभन्दा बढी मानिसहरू फेरि गरिबीको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघीय विकास प्रमुखले बिहीबार बताएका छन् ।
किसानहरूले बाली लगाइरहेकै समयमा इन्धन र रासायनिक मलको आपूर्तिमा आएको अवरोधले यो स्थिति सिर्जना भएको उनले उल्लेख गरे ।
हर्मुज जलयोजकबाट मालवाहक जहाजहरूको आवागमनमा लगाइएको रोकले मलको अभावलाई अझ विकराल बनाएको र यसले कृषि उत्पादकत्व घटाइसकेको यूएनडीपी प्रमुख तथा बेल्जियमका पूर्व प्रधानमन्त्री अलेक्जेन्डर डी क्रुले रोयटर्सलाई बताए ।











प्रतिक्रिया