
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग करिब डेढ करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको छ । उनले आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार उनको खातामा १ करोड ४६ लाख रुपैयाँ छ ।
उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल भएको उल्लेख गरेका छन । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । सम्पत्तिको स्रोत यही नै रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको श्रीमती सविनाको नाममा १९० तोला गरगहना रहेको पनि उल्लेख छ ।








प्रतिक्रिया