इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्र धराशायी, ‘आपतकाल’ घोषणा गर्न माग

238
Shares

काठमाडौं । इन्धन र निर्माण सामग्रीमा भएको अनपेक्षित मूल्यवृद्धिका कारण देशको निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने अवस्थामा पुगेको छ ।

नेपाल निर्माण उद्योग परिषद्ले हालको परिस्थितिलाई भयावह चित्रण गर्दै सरकारसँग ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गरी राहत प्याकेज ल्याउन माग गरेको हो ।

इन्धनको पटक-पटकको मूल्यवृद्धि र क्रसर उद्योगहरूमा देखिएको कानुनी एवं व्यवहारिक झन्झटले निर्माण कार्य अघि बढाउन नसकिने परिषद्ले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातिर बजारमा सामग्रीको अभाव छ, अर्कोतिर मूल्य नियन्त्रण बाहिर छ । यस्तो अवस्थामा ठेक्का सञ्चालन गर्न असम्भव छ ।’

व्यवसायीहरूले सबै प्रकारका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था हुनुपर्ने र सरकारले व्यवसायीका समस्यालाई नजरअन्दाज गरे निर्माण क्षेत्र पूर्ण रूपमा ‘कोल्याप्स’ हुने चेतावनी समेत दिएका छन् ।