रोशी खोलामा पुल निर्माण गर्न ठेक्का आह्वान

245
Shares

काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेमा पर्ने रोशी खोलामा नयाँ पुल निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले रोशी खोलामा नयाँ पुल निर्माण गर्नका लागि ठेक्का आह्वान गरेको हो ।

चौकिडाँडा-महाभारत सडक खण्ड अन्तर्गत थानसिङमा बन्ने उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा निर्माण गर्न लागिएको हो ।

सडक डिभिजनले आज सूचना प्रकाशित गर्दै योग्य निर्माण व्यवसायीहरूबाट आवेदन माग गरेको छ । सूचना अनुसार निर्माण कम्पनी आफैँले पुलको डिजाइन तयार गरी निर्माण सम्पन्न गर्नुपर्नेछ । नयाँ पुल निर्माण गर्नका लागि ४० महिनाको समयावधि तोकिएको छ ।