‘स्विप अपरेसन’ अन्तर्गत भक्तपुरबाट ९० जना पक्राउ

518
Shares

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्विप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, ‘स्विप अपरेसनमा आइतबार ३० जना पक्राउ गर्‍यौँ, शनिबार ६० जना पक्राउ गरेका थियौँ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ।’

उनले विभिन्न घटनामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरिएको जानकारी दिँदै स्विप अपरेसन जारी रहेको बताए।

सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए।