गुन्डागर्दी आरोपमा किमजोङसहित १९५ जना पक्राउ

483
Shares

काठमाडौं । प्रहरीले गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु गरेको छ।

यो अपरेशनअन्तर्गत शुक्रबार राति प्रहरीले गुन्डागर्दीमा संलग्न आरोपमा प्रहरीको सर्च अभियानमा १९५ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध १ घर भई हाल बानेश्वरको बत्तीसपुतली बस्ने सञ्जीव लामा, सिन्धुपाल्चोकको मेलम्ची ७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु इन्द्रपुल बस्ने अशोक गिरी, कालीकोट पतला गाउँपालिका घर भएका वकिल बम, खोटाङ ऐसलुखर्क गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ ३ कपन बस्ने सुरेश गुरुङ भनिने किमजोङ, खोटाङको ऐसलुखर्क गाउँपालिका २ घर भई हाल कपन बस्ने सञ्जीव राई र काभ्रे पाँचखाल ४ घर भएका राजकुमार तामाङ पक्राउ परेका छन् ।

यस्तै काभ्रे मण्डनदेउपुर ११ घर भई हाल बुढानीलकण्ठ १० बस्ने विनोद ठकुरी, काभ्रे चुरीदेउराली ७ घर भएका शेर्पा लामा, खोटाङ केपिलासगढी घर भई हाल बुढानीलकण्ठ ९ बस्ने राहुल राई, नुवाकोट दुप्चेश्वर ४ घर भएका र हाल बुढानीलकण्ठ ११ बस्ने समेश तामाङ, सुनबहादुर तामाङ, महेश महत र वीरबहादुर लामा लगायत पक्राउ परेका छन् ।