बलात्कार अभियोगमा पक्राउ परे लम्साल

168
Shares

काठमाडौं । बलात्कार अभियोगमा कलाकार सागर लम्साल पक्राउ परेका छन् ।

बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।