पारस शाहको मुटुमा राखिएको पेसमेकरको ब्याट्री फेरियो

987
Shares

काठमाडौं । पारस शाहको मुटुमा राखिएको कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री रिप्लेसमेन्ट गरिएको छ ।

बिहीबार बिहान पारसलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार हाल शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटरको ब्याट्री रिप्लेसमेन्ट गरिएको हो ।

उनको बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको छ ।

नर्भिकमा भर्ना भएरै उपचारत शाहलाई अझै केही दिन अस्पतालमै राखिने उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए ।