सन नेपाल लाइफका सीईओमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

168
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पाँच दिन म्याद थप गरिदिएको छ ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओ राज कुमार अर्याललाई पक्राउ गरेको थियो । सो अनुसार सीईओमाथि थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको हो ।

सोमबार सीआईबीले सेयरसम्बन्धी ठगी प्रकरणमा अर्याललाई पक्राउ गरेको थियो ।

अर्यालले संस्थामा कार्यरत कर्मचारीहरूलाई छुट्याइएको सेयर बाँडफाँडसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा फरक–फरक विवरण पेस गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।