आयल निगमका कार्यकारी निर्देशक भट्टले डिभाइडरमा ठोक्काए गाडी

2.2k
Shares

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले चलाएकोकार डिभाइडरमा ठोक्किएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको भट्ट आफैले चलाएको बी एए ७६५४ नम्बरको टोयोटा कार शनिबार दिउँसो २ बजे कलंकी चोकको डिभाइडरमा ठोक्काएका थिए । कारमा सामान्य क्षति भएको बताइएको छ ।

बिदाको दिन सरकारी नम्बर प्लेटको सवारी साधन चलाएको भन्दै ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

स्थानीयबासिन्दाका अनुसार कार द्रुत गतिमा आएर डिभाइडरमा ठोक्किएको थियो । लेन मिचेर भट्ट भाग्न खोज्दा स्थानीयले घेरेर राखेका थिए ।

कलंकीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब बस्नेतका अनुसार कार डिभाइडरमा ठोक्किएपछि स्थानीयले भट्टलाई घेराउ गरेका थिए । घटनास्थल पुगेको ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

स्थानीयले मादक पदार्थ सेवन गरी कार चलाएको भन्दै नारावाजीसमेत गरेका थिए । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेको भने पाइएको थिएन ।