मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई गृहमन्त्री गुरूङको निर्देशन

714
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूको सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘जनतालाई दुख दिने गरि भिआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्यो । हामी नागरिकको सेवक हो,’ मन्त्री गुरूङले भने ।

गुरूङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भिआईपी सवारीका नाममा आम नागरिकलाई दुख नदिन निर्देशन दिएका थिए ।