ट्रकको ठक्करबाट भिरबाट बस खस्दा ३ जनाको मृत्यु

119
Shares

नवलपरासी । ट्रकको ठक्करबाट भिरबाट बस खस्दा दाउन्ने सडक खण्डमा तीनजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिमले) ले जनाएको छ । बस काठमाडौंबाट रोल्पा जाँदै थियो ।

दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।