
काठमाडौं । चीनको विदेश मन्त्रालयले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएको छ ।
मन्त्रालयका प्रवक्ता लिन च्यानले नेपालस्थित चिनियाँ दूतावासमार्फत एक सन्देश जारी गर्दै नेपालसँगको व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको बताएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले प्रवक्ता च्यानको तस्बिरसहित आधिकारिक सामाजिक सञ्जालमा राखेको सन्देशमा भनिएको छ, ‘चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिँदै नेपालको नयाँ सरकारसँग परम्परागत मित्रता र आपसी हितका क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।’








प्रतिक्रिया