
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी पनि तोलामा ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको थियो ।








प्रतिक्रिया