नेपाली सडकमा स्याङयोङका ५७ लाखदेखि सवा करोडसम्मका गाडी, कुनको विशेषता के ?



काठमाडौं । कोरियन कार स्याङयोङ नेपालका लागि आधिकारीक बिक्रेता आइएमएस मोर्टस प्रालि हो । कोरियन कार नेपाली बजारमा लोकप्रिय पनि छन् । भारतीय कारभन्दा कोरियन कार केही मंहगा छन् । नेपाली बजारमा स्याङयोङ कम्पनीका ५ मोडलका कार उपलब्ध छन् । नेपाली बजारमा उपलब्ध सबै गाडी प्रिमियम एयसुभी हुन् । नेपाली बजारमा स्याङयोङ कम्पनीका ५६ लाख ९९ हजारदेखि एक करोड १९ लाख ९९ हजार रुपैयाँ सम्ममा एयसुभी पाइन्छन् ।

अहिले स्याङयोङका टीभोली, एक्सएलभी, रेक्सटन, कोरान्डो र एक्ट्योन स्र्पोट पिकअप एयसुभी बजारमा पाइन्छ । नेपाली बजारमा पाइने सबैभन्दा स्याङयोङको मंहगाका एयसुभी रेक्स्टोन हो । यो कारको मूल्य १ करोड ११ लाख ९९ हजारदेखि एक करोड १९ लाख ९९ हजार रुपैयाँसम्ममा २ वटा भेरियन्टमा पाइन्छ । यसैगरी सस्तोमा भने टीभोली सेमी लोडेड हो । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ पर्छ ।

टीभोली

यो गाडी नेपाली बजारमा २ वटा भेरियन्टमा उपलब्ध छ । जसमा सेमी लोडेड पेट्रोल म्यानुअल १५९७ सीसी र एटी फुल लोडेड पेट्रोल र अटोमेट्रिक १५९७ सीसी हो । सेमी लोडेट पेट्रोल म्यानुअल १५९७ सीसीको मूल्य कम्पनीले ५६ लाख ९९ हजार र एटी फुल लोडेड पेट्रोल र अटोमेट्रिक १५९७ सीसी को ६५ लाख ९९ हजार निर्धारण गरेको छ ।

यी कारमा रियर भ्यु क्यामेरा जडान गरिएको छ । स्मार्ट अडियो सुविधा छ । डब्ल फ्रन्ट एयर ब्याग, अटोमेटिक स्पिड सेन्सिङ डोर लक, ल्यादर सिट, अटो लाइट कन्ट्रोल लगायतका सुविधा छन् ।

कारमा ४७ लिटर इन्धन क्षमताको टं्याकी छ । कारको ग्राउन्ड क्लिरेन्स १९०एमएम र ४२३ लिटर क्षमताको बुट स्पेस छ । कारको बे्रक फ्रन्टमा डिक्स–भेन्टिलेटेड र रियरमा डिक्स छ । ४ इनलाइन सिलिन्डर क्षमताको इन्जिनका साथमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । कार नेपाली बजारमा ७ कलरमा उपलब्ध छ ।

एक्सएलभी

स्याङयोङका एक्सएलभी नेपाली बजारमा ५ भेरियन्टमाको साथमा ७ कलरमा उपलब्ध छन् । इलेक्ट्रीक रियर भ्यू क्यामेरा जडान गरिएको कारमा अटो लाइट कन्ट्रोल, पार्किङ आइडी प्रणाली र डब्ल स्मार्ट की स्टिम सविधा रहेका छन् । एक्सएलभी पनि १५९७ सीसीको कार हो ।

सबैभन्दा सस्तो एमटी सेमी लोडेड पेट्रोल म्यानुअलको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ पर्छ । यसैगरी एमटी फुल लोडेड पेट्रोल म्यानुअलको ६२ लाख ९९ हजार, एटी सेमिलोडेड पेट्रोल अटोमेटिकको ६२ लाख ९९ हजार, एटी फुल लोडेड सनप्रुफ पेट्रोल अटोमेटिकको ६७ लाख ९९ हजार र एटी फुल लोडेडको साथमा टु टोन पेट्रोल अटोमेटिकको मुल्य ६८ लाख ९९ हजार रुपैयाँ छ ।

यी एयसुभी ग्राउन्ड क्लिरेन्स १९० एमएम, इन्धन क्षमता ४७ लिटर, ५७४/७२० लिटरेको बुट स्पेस, कारको तौल १८७० केजी छ । यसैगरी कारको फ्रन्ट बे्रक डिक्स–भेनटीलेटेड र रियर ब्रेक डिक्स छ । ६ स्पिड म्यानुल र ६ स्पिड अटोमेट्रिक ट्रान्समिसन छ ।

एक्टोन स्र्पोट पिकअप

यो एयसुभी नेपाली बजारमा एउटा मात्रै भेरियन्टमा उपल्बध छ । कम्पनीले यस एयसुभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एयसुभीमा सेन्ट्रल लकिङ स्टिम, सिट आवश्यकता अनुसार मिलाउन मिल्ने सुविधा, कप राख्न मिल्ने ठाउँ, पाउन स्टेरिङ, डोर लक जस्ता फिर्चस रहेको छ । एयसुभीको लम्बाइ ४.८ मिटर छ र उचाइ १.९ मिटर छ । एयसुभीको ग्राउन्ड क्लिरेन्स २१२ एमएम र ५७ लिटर क्षमताको इन्धन ट्ंयाकी छ । अगाडि र पछाडी डिक्स बे्रक प्रयोग गरिएको छ । कारमा २.० एलडीएसएल प्रकारको इन्जिन छ । कार २००० सीसी इन्जिज क्षमताको हो ।

रेक्सटन

यो एयसुभी नेपाली बजारमा २ भेरियन्टमा पाइन्छ । जसमा एमटी सेमी लोडेट डिजल म्यानुअल २१५७ सीसीको मूल्य १ करोढ ११ लाख ९९ हजार र एटीफुल लोडेट डिजल अट्रोमेट्रिक २१५७ सीसीको मूल्य एक करोढ १९ लाख ९९ हजार रुपैयाँ पर्छ । पावर सिट , कार म्याट, सन् प्रुफ फग ल्याम, एयर ब्याग जस्ता फिर्चस छ ।

एयसुभीको ग्राउन्ड क्लिरेन्स २२४ एमएम छ । कारमा ७० लिटर क्षमताको इन्धन ट्ंयाकी छ । ४ इनलाइन सिलिन्डर इन्जिन इन्जिन रहेको कारमा पार्टटाइम ४डी सुविधा छ । एयसुभीमा डिक्स भेन्टीलेटेड फन्ट बे्रक र रियरमा डिक्स ब्रेक छ ।

कोरान्डो

यो एयसुभी नेपाली बजारमा ४ भेरियन्टमा उपलब्ध छ । जसमा एमटी लोडेट डिजल म्यानुअल १९९८ सीसीको मुल्य ७९ लाख ९९ हजार र एमटी सेमी लोडेट डिजल म्यानुअलको ८४ लाख ८८ हजार रुपैयाँ पर्छ ।

यसैगरी एटी सेमिलोडेट डिजल अटोमेट्रिक १९९८ सीसीको ८९ लाख ९९  हजार र एटीफुल लोडेट डिजल अटोमेटिक १९९८ सीसीको मूल्य कम्पनीले ९५ लाख ९९ हजार तोकेको छ । कारको ग्राउन्ड क्लिरेन्स २१० एमएम, कारको तौल २२ सय ६० केजी, लम्बाई ४.४ मिटर छ । एयसुभी ४ इनलाइन सिलिन्डर इन्जिन क्षमताको हो । एयसुभी नेपाली बजारमा सात कलरमा उपलब्ध छ ।


पुष्प दुलाल