नागार्जुनबाट १ करोड १६ लाख रकमसहित हुण्डी कारोबार गर्ने २ जना पक्राउ

2.6k
Shares

काठमाडौं । हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा २ जना १ करोड १६ लाखसहित पक्राउ परेका छन् ।

प्रहरीले नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट सोहो ठाउँका २८ वर्षका सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद धिताल रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको ३ थान चेक बुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक ३ वटा र विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ४ वटा एटीएम पनि बरामद भएको छ ।

यस्तै १ थान नागरिकता, २ चारपाङ्ग्रे सवारी, १ दुई पाङ्ग्रे सवारी साधन, १ सवारी दर्ता किताब, विभिन्न कम्पनीको ६ वटा मोबाइल फोन पनि बरामद भएको छ ।

त्यसैगरी ३१ वटा एनसेल र एनटीसीको सिमकार्ड, १ कम्प्युटर र बाइनान्स खातामा रहेको ७ हजार १सय ७५ दशमलव ३४ यूएसडीटी पनि बरामद भएको प्रहरीले जनाएको छ ।