सम्पूर्ण अपडेट

कुनै हालतमा आत्मसमर्पण नगर्ने इरानका सुरक्षा प्रमुखको अडान

329
Shares

एजेन्सी । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले युद्ध दोस्रो हप्तामा प्रवेश गरेसँगै राष्ट्रिय टेलिभिजनमा बोल्दै तेहरानले आत्मसमर्पण नगर्ने वा प्रतिशोधात्मक आक्रमणहरू कम नगर्ने बताएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख तथा आयतोल्लाह खामेनेईका निकट विश्वासपात्र अली लारीजानीले खामेनेईको हत्याका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई जिम्मेवार ठहराउने संकल्प गरेका छन् ।

अघिल्लो शनिबार अमेरिकी–इजरायली हवाई आक्रमणको पहिलो दिनमै मृत्यु भएका आफ्ना नेताको हत्याको बदला लिन इरान दृढ रहेको लारीजानीले बताए । अमेरिकाले यसको मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।