सम्पूर्ण अपडेट

संखुवासभामा एमालेका अर्जुन कार्कीको अग्रता कायमै, पछ्याउँदै रास्वपा

1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको संखुवासभामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्कीले अग्रता कायम गरेका छन् ।

उनले हालसम्म ५ हजार ४ सय ८३ मत ल्याएका छन् ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पा ४ हजार ७ सय ५९ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले ३ हजार ३ सय ४३ मत ल्याउँदा श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले २ हजार २ सय ६१ मत प्राप्त गरेकी छन् ।