
काठमाडौं । सेयर बजारमा १०.३० अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से २१.६२ अंकले बढेको थियो । बुधबार सूचकसँगै कारोबार रकममा पनि केही सुधार आएको छ ।
आज नेप्सेमा कुल ४ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ४ अर्ब माथिको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया