अप्पर लोहोरे खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

56
Shares

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीडको हकप्रद सेयर निष्काशन सम्बन्धी कार्य गर्नको लागि एनआईसी एशिया क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो। यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद शेयर जारी गरिनेछ।

यस सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको जनाएको छ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा काफ्ले र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धक सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसमेत गरी २० वटा कम्पनीको धितोपत्र निष्कासन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ।

उक्त सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको पनि कम्पनीले जनाएको छ।