नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार

28
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २.४१ अंकले बढेको थियो भने आइतबार २७.५९ अंकले घटेको थियो ।

मंगलबार नेप्सेमा कुल ४ अर्ब २३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।