विएण्डसी हस्पिटल क्यान्सर उपचारको अत्याधुनिक मेसिन ल्याउदै, दक्षिण एशियामै पहिलो भएको दाबी




काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले संचालन गरेको पूर्वान्चल क्यान्सर हस्पिटलले अत्याधुनिक उपकरण भित्र्याउने भएको छ । हस्पिटलले दक्षिण एसियामा नै पहिलो पटक अत्याधुनिकउपकरणहरु भित्र्याउन लागेको अस्पिटलले जानकारी दिएको छ ।

आगामी असारबाट संचालन आउन लागेको क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले जानकारी दिए । क्यान्सर पीडितले नेपालमै सहज रुपमा उपचार गर्न पाउन भन्ने उद्देश्यले यस्तो उपकरण भित्र्याइएको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ ।

हस्पिटलका कार्यकारी निर्देशक प्रसाई र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता र आनन्द कुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा सम्झौता भएको हो ।

हस्पिटलले अमेरिकामै छ महिना अगाडी लन्च हेल्सियोन र ट्रोबिम, फोर डिसिट स्क्यानर डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी नेपाल भित्र्याउन लागेको कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।

सो हेल्सियोन अहिलेसम्म भारतमा समेत नभएको उक्त भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एशिया म्यानेजर बिनित गुप्तले बताए । उक्त मेसिन ल्याउन हस्पिटलले ९० करोड रुपैंयामा सम्झौता गरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए ।

 

उच्चस्तरको उपकरणसहित बन्न लागेको ३ सय सैयाको हस्पिटलले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बिएण्डसी टिचिङ्ग हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्र कुमार यादवले जानकारी दिए ।

उनले यी उपकरणहरु आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको हो सोही अनुसार उपचार थाल्न सकिने उनको भनाई छ । डाक्टर यादवले यी उपकरण आएपछि ३ दिनदेखि ५ दिन भित्रमाखक्यान्सरको उपचार हुने र महिनौंसम्म हस्पिटलमा बस्नु पर्ने बाध्यता हट्ने दाबी गरे ।

पुर्वाञ्चल क्यान्सर हस्पिटल आगामी असारबाट सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्य भइहेको छ । चार महिनाभित्र सम्पूर्ण उपकरणहरु समेत आइसक्ने भएकोले त्यस पश्चात क्यान्सरका कुनै पनि बिरामीले उपचारका लागि विदेश तथा काठमाण्डौ जानु नपर्ने अस्पतालले दावी गरेको छ ।

सरकारी अस्पताल, नेपालका ठुला ठुला पुराना मेडिकल कलेजहरु तथा नेपालका अन्य ठुला अस्पतालले गर्न नसकेको काम बिएण्डसी टिचिङ्ग हस्पिटलले गर्दै आएको भन्दै जनताले बुझे पछि यसमाउ पचार गर्नेहरुको भीड लाग्ने बरिष्ठ सर्जन डाक्टर रोहितकुमार यादवको भनाई छ ।

बिभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको हस्पिटलले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमा ल्याउन लागेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । हाल झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी तथा भारतका बिभिन्न स्थानबाट उपचारका लागि बिरामीहरु आउने गरेको हस्पिटलले जनाएको छ ।


क्लिकमान्डु