
काठमाडौं । नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि विवरणपत्र स्वीकृत गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सार्वजनिक निष्कासनको लागि विवरणपत्र स्वीकृत गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
बोर्डले गत शुक्रबार कम्पनीलाई आईपीओ निष्कासन गर्न विवरणपत्र स्वीकृत गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटललाई नियुक्त गरेको छ ।










प्रतिक्रिया