
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से २७.१९ अंकले बढेको थियो ।
आइतबार नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ११ अर्ब २८ करोड माथिको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।









प्रतिक्रिया