नेप्सेमा सामान्य अंकको सुधार, ८ अर्ब २२ करोडको कारोबार


काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा पुगेको छ ।

अघिल्लो दिन आइतबार भने नेप्से १९.८५ अंकले घटेको थियो । सोमबार नेप्सेमा कुल ८ अर्ब २२ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

सोमबार एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशतले बढेको छ ।