नेप्सेमा १९.८५ अंकको गिरावट, कारोबार ९ अर्बमा खुम्चियो


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १७.५३ अंकले घटेको थियो । आइतबार सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

आज, नेप्सेमा कुल ९ अर्ब १० करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । गत बिहीबार भने नेप्सेमा कुल १३ अर्ब ३३ करोड माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Skip This