नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब ३५ करोडको कारोबार


काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ५७ं५५ अंकले बढेको थियो ।

सोमबार नेप्सेमा कुल १६ अर्ब ३५ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा साढे १३ अर्ब माथिको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको बढेको छ । यस्तै, सात कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा दुई कम्पनीको मूल्य नौ प्रतिशत बढीले बढेको छ ।