
काठमाडौं । सेयर बजारमा पछिल्लो केही दिन यता तीन कम्पनीको सेयर मूल्य लगातारजसो उकालो लागि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालै सूचीकृत भएका एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रीज र हिम स्टार उर्जा कम्पनीको सेयर मूल्यमा दिनहुँजसो सकारात्मक सर्किट लागिरहेको छ ।
आइतबार मात्रै साढे एक बजेसम्ममा यी तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागि सकेको छ । नेप्सेमा एसवाई प्यानलको सेयर गत मंसिर २८ मा सूचीकृत भएको थियो ।
हाल यस एसवाई प्यानलको सेयर मूल्य १८८१ रुपैयाँ पुगि सकेको छ । गत मंसिर ५ गते नेप्सेमा सूचीकृत भएको श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको सेयर मूल्य पनि लगातार उकालो लाग्दै १५३७.९० रुपैयाँ पुगिसकेको छ ।
यस्तै, गत भदौ १२ गते नेप्सेमा सूचीकृत भएको हिम स्टार उर्जाको सेयर मूल्य पनि लगातारजसो उकालो लाग्दै प्रतिकित्ता १०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वित्तीय सूचकमा अब्बल नभएपनि पछिल्लो समय यी कम्पनीको सेयर मूल्य भने लगातार रुपमा उकालो लागिरहेको देखिन्छ ।








प्रतिक्रिया