नेप्सेमा ३१.१२ अंकको वृद्धि, साढे ८ अर्बको कारोबार


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार पनि नेप्से १.५२ अंकले बढेको थियो । बिहीबार भने नेप्से बन्द थियो ।

आइतबार नेप्सेमा कुल ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ ।

आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबै समूहको सेयर मूल्य उकालो लागेको छ ।