
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितको विवरण सहज रूपमा हेर्न सकिनेछ।
ग्राहकहरूले लिलामसम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा https://auctionassistance.nicasiabank.com लिंकमार्फत पोर्टलमा पहुँच पाउन सक्नेछन्।
लिलाममा राखिएका सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी बैंकसँग सिधै सम्पर्क गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण सूचना नियमित रूपमा पोर्टलमा अद्यावधिक गरिने जनाउँदै इच्छुक खरिदकर्ताहरूलाई उक्त पोर्टलमार्फत लाभ लिन आग्रह गरेको छ।








प्रतिक्रिया