
काठमाडौं । झापास्थित चन्द्रगढी विमानस्थलमा भएको बुध्द एयरको विमान दुर्घटनाको ४५ दिनभित्र जाँचबुझ हुने भएको छ ।सरकारले पुस २१ गते गरेको निर्णयानुसार चन्द्रगढी विमानस्थल झापामा १८ गते भएको दुर्घटना छानबिन आयोग गठन गरेको छ ।
बुध्दको ९एन एमएफ वायुयान दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान ( दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ९ को उपनियम (२) बमोजिम बरिष्ठ क्याप्टेन श्री बिनोद पुरीको संयोजकत्वमा छानविन आयोग बनाएको छ । सरकारले पुरीलाई अनुसन्धानकर्ता तोकेको छ ।
१८ गते अवतरणका क्रममा बुध्द एयरको जहाज रनवेबाट चिप्लिएर ठूलो दुर्घटनाबाट जोगिएको थियो ।








प्रतिक्रिया