पर्यटन मन्त्रालयका सहसचिवलाई उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी, तोकिएन निमित्त

854
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् ।

पर्यटन मन्त्रालयकोसमेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार डंगोललाई प्राधिरकणको महानिर्देशकको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिदिएकी हुन् ।

डंगोल मन्त्रालयका हवाई उड्डयन महाशाखा प्रमुख हुन् । प्राधिकरण ऐन २०५३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि डंगोलले प्राधिकरणको महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि प्राधिकरणकै वरिष्ठ उपमहानिर्देशकलाई निमित्त तोक्ने भनिएपछि महानिर्देशक नियुक्ति नै अगाडि बढाउनुपर्ने भएकोले तत्काल प्राधिकरणबाट कसैलाई पनि जिम्मेवारी नदिएको पर्यटन मन्त्रालयका अधिकारीको भनाइ छ ।