राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

483
Shares

काठमाडौं । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ ।

यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।

पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ ।

युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ ।

पार्टीको संघीय कार्यालय अनामनगर काठमाडौंमा रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।

अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।