‘अन्न भण्डार’का किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

28
Shares

काडमाडौं । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरु लाई भ्याइनभ्याई छ।

पानी पर्न छाडे पछि किसान धान काट्न व्यस्त छन् । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन् ।

शब्द /तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी