भाटभटेनीबाट सामान चोर्ने शिक्षकलाई स्कुलले गर्‍यो बर्खास्त

3.7k
Shares

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भाटभटेनी सुपर स्टोरमा तोडफोड गरी लुटपाट गर्ने शिक्षकहरुलाई एउटा विद्यालयले बर्खास्त गरेको छ ।

रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर स्टोरमा तोडफोड गरी लुटपाट गर्ने शिक्षक शिवशंकर शुक्लालाई स्थानीय कालिका मानवज्ञान माध्यमिक बिद्यालयले बर्खास्त गरेको छ । उनलाई आजबाट लागू हुने गरी शिक्षक पदबाट हटाइएको विद्यालयका प्रधानअध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।