
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको विभिन्न क्षेत्रमा आज बिहान साढे ८ बजेदेखि कर्फ्युको समय थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै अर्को आदेश नआउन्जेलसम्मको लागि काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चौक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चौ, गौंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खुहुँदै बागमति नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भू भागको चार किल्ला क्षेत्रमा कर्फ्युको आदेश जारी गरिएको हो ।
आदेश अवधीभर अत्यावश्यक सेवाका सवारी साधन, एम्वुलेन्स, दमकल, शब वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको अवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने व्यवस्था हुने जनाइएको छ ।








प्रतिक्रिया