डर्ट बाइक रेस प्रतियोगिता सम्पन्न



काठमाडौं । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ आयोजना गरिएको छ ।

ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा आयोजना गरिएको सो डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ प्रशान्त जङ्ग कार्कीले जिते । त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए ।

प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएको थियो ।

ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो ।

विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।


क्लिकमान्डु