
एजेन्सी । चीनले दुईतिर मुख भएको अनौठो दमकल बनाएको छ ।
यो दमकललाई नघुमाइकनै जुनसुकै दिशामा पनि द्रुत गतिमा गुडाउन सकिन्छ । शहरका साँघुरा गल्लीभित्रको घरमा आगलागी हुँदा यो दमकललाई छिटो पुर्याउन सकिन्छ । त्यहाँ दमकल घुमाइरहने झन्झट हुँदैन ।
यसलाई दुवैतिरबाट कुदाउन मिल्ने भएकाले चालकले रिभर्स गरिरहनु पनि पर्दैन र साँघुरो सडकमा मोडिरहने झन्झट पनि बेहोर्नुपर्दैन ।
विशेष दमकल च्याङ्सु प्रान्तको राजधानी नानकिङमा पहिलोपटक देखिएको हो ।
यो दमकल बनाउन ९० लाख युआन खर्च भएको बताइएको छ ।
दमकल निकै द्रुत गतिमा गुड्न सक्छ । प्रत्येक दिशातर्फ यो दमकल करिब २०० किलोमिटर प्रतिघन्टाको दरमा गुड्छ । यसमा अग्निनियन्त्रकहरूलाई चाहिने सबै कुरा अट्छ । यसको पानी टंकी ४ हजार लिटरको छ र यसको १८ सय ९२ लिटरको फोम ट्यांक छ । अग्निनियन्त्रकहरूका लागि आवश्यक कपडा र अन्य उपकरण पनि यसमा अट्छ ।
https://www.tiktok.com/@1mhnm/video/7509105961999650054?is_from_webapp=1&sender_device=pc







प्रतिक्रिया