७१ अर्ब नाफा कमाएका बैंकहरूले २१ अर्बमात्र लाभांश वितरण गर्न सक्ने, ४ बैंक अझै सञ्चित घाटामा

1.9k
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले २१ अर्ब रूपैयाँ बराबरको मात्र लाभांश वितरण गर्न सक्ने देखिएको छ । बैंकहरूले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उनीहरूले ७१ अर्ब रूपैयाँ खुद नाफा गर्दा १ तिहाइभन्दा कममात्र सेयरधनीलाई दिन सक्ने देखिएको हो ।

बैंकहरूले खुद नाफाबाट २० प्रतिशत रकम अनिवार्य रूपमा जगेडामा छुट्याउनुपर्छ, त्यसपछि क्यापिटल रिडेम्सन रिजर्भ, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारी तालीम कोषमा पनि रकम छुट्याउनुपर्छ । त्यसपछि बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिको आधा रकम नियामकीय जगेडामा राख्नुपर्छ । अन्य विविभ दायित्व समेत हिसाब गरेपछि बाँकी रहेको रकम लाभांशको रूपमा वितरण गर्न सक्छन् ।

तसर्थ ७१ अर्ब ४९ करोड रूपैयाँ खुद नाफा गरे तापनि बैंकहरूले २१ अर्ब ६८ करोड रुपैयाँमात्र वितरण गर्न सक्ने देखिन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी सञ्चित नाफा वा कुल वितरणयोग्य नाफा ग्लोबल आईएमई र दोस्रो धेरै एभरेष्ट बैंकको छ ।

४ बैंक भने अझै सञ्चित नोक्सानीमा छन् । सबैभन्दा बढी सञ्चित नोक्सानी हिमालयन बैंकको छ ।

वितरणयोग नाफाका आधारमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । एभरेष्टले ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्दा सानिमा दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो स्थानमा छ ।

सञ्चित नोक्सानीमा रहेका बैंकले लाभांश दिन सक्दैनन् ।

Skip This