नाइमा एक्स्पोमा एनटर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

49
Shares

काठमाडौं । नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५को तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर सार्वजनिक गरेको छ ।

एनटर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एलए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरेको छ ।

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पर्फमेन्सलाई संयोजन गरिएको छ ।

परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।

रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ ।

नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआईमा उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक, युएसबी चार्जिङ पोर्ट, दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युल फिलिङ, शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ ।