
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आकर्षक छुट अफरसहित एलएस अटोको एलईभी–०१ प्रदर्शनमा छ ।
नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी–०१ मोडल अफरसहित एक्स्पोमा राखेको हो ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा बुधबारबाट भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एलईभी–०१ प्रति पनि ग्राहक तथा अवलोकनकर्ताले चासो देखाइरहेका छन् ।
एलईभी–०१ मा २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ भने ९९ किलोवाटको मोटर जडित छ ।
यस गाडीमा ६७.१२ किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक छ । एसई र सीई गरी दुई भेरियन्टमा उपलब्ध एलईभी–०१ को मूल्य क्रमशः ५९ लाख ९५ हजार र ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

नाइमा एक्स्पोमा ग्राहकले १ लाख ५० हजार रुपैयाँ छुट पाउने छन् ।
यसका अलावा ६.६ किलोवाटको फास्ट चार्जर, सरप्राइज अफरको रुपमा लोयल्टी बोनस र वेबर ब्राण्डको १० केजीको फ्रन्टलोड वासिङ मेसिन समेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
साथै, १ लाखको एक्सचेन्ज बोनस, १ वर्ष बिमा र सडक कर निःशुल्क पाउने छन् । ग्राहकले एलएस–०१ को खरिदमा कम्पनीले ६.६ किलोवाटको फास्ट चार्जर, सरप्राइज अफरको रुपमा लोयल्टी बोनस र वेबर ब्राण्डको १० केजीको फ्रन्टलोड वासिङ मेसिन समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया