नेपालगञ्जबाट पोखरा सिधा उडान भर्दै बुद्ध एयर



काठमाडौं । बुद्ध एयरले आगामि वैशाख १ गतेदेखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्नेछ ।

साधारणतया स्थलमार्गबाट पोखरा नेपालगञ्जको यात्रा १० देखी १२ घण्टासम्मको हुने गरेको छ ।

यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुनेछ । साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणरअवलोकन तथा मानसरोवर आउजाऊको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रर्वद्धनमा पनि टेवा बुध्द एयरको विश्वास छ ।

अहिले बुद्ध एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ । पोखराबाट भैरहवा र भरतपुरको उडान गएको सेप्टेम्बर महिनामा शुरु भएको थियो ।

बुद्ध एयरले देशभित्र १३ गन्तव्य तथा भारतको वाराणसीमा पनि उडान भरिरहेको छ ।


क्लिकमान्डु