नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर

98
Shares

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले बिशेष अफर ल्याएको छ । अगस्त ६ देखि १० तारिखसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा युनाइटेड ट्रेडर्सले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ ।

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रीड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनीमा राखिने छन् । उक्त एक्सपोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट, प्लाटिनम कार्डका साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने सक्नेछन् ।

यसका साथै स्टलमा आने आगन्तुकलाई आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।