हङकङबाट एको क्याथे प्यासिफकको जहाज ६ दिनदेखि त्रिभुवन विमानस्थलमा किन भयो ग्राउन्डेड ?

448
Shares

फाइल फोटो ।

काठमाडौं । हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको जहाज ६ दिनदेनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ ।

यो जहाजले ६ दिन अगाडि नै यात्रु लिएर आएको र फर्कने बेला समस्या भएपछि यसका ४०/५० जना यात्रुले अरु जहाजमा व्यवस्थापन भएको थियो ।

यो जहाजको इन्जिनमा समस्या देखिएकाले हङकङबाटै इन्जिनिरको टोली आएर मर्मत गर्नुपर्ने भएकोले १५ दिन उडान गर्न नसक्ने जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई दिएको छ । विमानस्थल कार्यालका अनुसार उक्त जहाज पार्किङमै मर्मत भइरहेको छ ।